राजनीति

पूर्वसभामुखले संविधानको गलत व्याख्या गरेको देउवाको आरोप


काठमाडाौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले संसदीय दलका नेता सुवाष नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढि थाहा भएपनि उहाँले त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाले तर्क गर्नुभयो ।

विपक्षी दलको नेता संसद् भवनमा नभएको र भएको एक जना सांसद् पनि गएको बताउँदै देउवाले भन्नु भयो, “विपक्षी दलका नेता हुुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनि हिँडनु भयो । त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनि प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नु भएको थियो भने–अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानु भयो ।”


राष्ट्रपतिले नै धारा ७६(५) अनुसार सांसदहूको समर्थनमा सरकार बनाउन आउनुस् भनेर आह्वान गरेको र त्यसै अनुरुप आफूहरु गएर बहुमत सदस्यको हस्तक्षर पुर्याएको देउवाले बताउनु भयो । देउवाले राष्ट्रपतिले बहुमत परीक्षणका लागि संसद् पठाएको वा आफैँ सनाखत गराउनसक्ने भएपनि त्यसो नगरेको बताए । “त्यसकारण ७६(५) किन लेखिएको भन्ने पूर्व सभामुख (सुवजास नेम्वाङ)लाई बढी थाहा छ,” देउवाले भने ।

प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरुलाई ह्वीप नलगाएको दावी समेत गर्नु भयो । “पार्टीको पक्षमा मतदान गर्न मैले एमाले लगायतका सबै दललाई अनुरोध गरेको हुँ ।” प्रधानमन्त्री देउवाले भन्नु भयो, “तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर नेम्वाङले उल्टो कुरा गर्नु भयो ।” त्यस अवसरमा उहाँले आफूलाई विश्वासको मत दिने सबैै सांसदहरुलाई धन्यवाद समेत दिनु भयो ।