राजनीति

गण्डकीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ


काठमाडौँ – गण्डकी प्रदेश सरकारका थप ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

गण्डकी सरकारमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुनमन्त्री, मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री र मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्।


त्यस्तै, नेकपा माओवादी केन्द्रबाट रामजी बराल अर्थमन्त्री, दीपक चर्ती मगर वन, वातावरण तथा भूसंक्षणमन्त्री र चन्द्रबहादुर बुढा भूमि व्‍यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन्।


योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ। यसअघि कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बनेका थिए।