राजनीति

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेस र माओवादीले छाने ३/३ मन्त्री


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीनजना मन्त्रीको नाम टुंगो लागेपछि आजै सपथग्रहण हुने भएको छ ।

कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाइने भएको छ । शर्मा बागलुङका कांग्रेस सांसद हुन् ।

श्रेष्ठ भने कांग्रेस नेता गोपालमान श्रेष्ठका स्वकीय सचिव थिए । श्रेष्ठ मन्त्री बनेका बेला मेखलालले नै सबै काम हेर्थे । गोपालमानले नै उनलाई प्रदेशसभामा समानुपातिबाट सांसद बनाएका हुन् । माओवादीले तीन मन्त्रीमा चन्द्र बुढा, रामजी बराल र दीपक घर्ती मगरलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई नाम दिइसकेको छ ।