राजनीति

भीम रावलले सभामुखलाई भेटेर फिर्ता लिए राजीनामा


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले संघीय सांसदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका हुन् । पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए ।

साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए ।