राजनीति

राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता


काठमाडौँ – राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

विप्लव आफ्ना केही नेता लिएर थापालाई भेट्न गएका थिए । भेटमा समसामयिक राजनीतिक परिवेशबारे छलफल भएको बताइएको छ ।

सोक्रममा राप्रपा अध्यक्ष थापाले केपी ओलीसरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट्याएका छन् ।