राजनीति

गण्डकीका मुख्यमन्त्रीले आज मन्त्रीपरिषद बिस्तार गर्दै


काठमाडौँ – गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद बिस्तारको तयारी छ । जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका थिएनन् ।

उनले कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई भने यसअघि नै मन्त्री बनाइसकेका थिए ।

यसबीचमा काठमाडौँ आएर उनले गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रिमण्डल बिस्तारमा सहजीकरण गरिदिन कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग आग्रह गरेका थिए ।

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ । माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन् ।