समाचार

काठमाडौँमा भूकम्पको धक्का


काठमाडौँ – शुक्रबार बिहान काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्र विन्दु भएर बिहान ७ बजेर ५ मिनेटमा जाँदा ३.५ म्याग्निच्यूडको परकम्प गएको हो ।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो।

उक्त भूकम्पको केन्द्र काठमाडौँको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो । केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो ।