राजनीति

कांग्रेसमै मन्त्री बन्नेहरुको लाइन, को–को बन्दैछन् मन्त्री ? (भिडियोसहित)


काठमाडौँ – पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन थप अन्योलमा परेको छ । प्रधानमन्त्री देउवासहित नेतृत्व पंक्तिको ध्यान सरकार विस्तार र मन्त्रालय बाँडफाँडमै केन्द्रीत बनेपछि महाधिवेशन तोकिएकै मितिमा हुनेमा नेताहरु आशंका गर्न थालेका छन् ।

संसद्को अंकगणितमा एक चौथाई पनि मत नपाएको कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले पाँच दलको समर्थनमा भारी बहुमतसहित प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । पाँच वर्ष प्रतिपक्षमा बस्न पाएको म्यान्डेडले निराशबनेका देउवाचार वर्ष नपुग्दै सरकारको नेतृत्वमा पुग्ने अवसर आएपछि अहिले उत्साहित बनेका छन् । तर सरकार विस्तारदेखि पार्टीको आसन्न १४ औं महाधिवेशनसम्मले देउवालाई दबाबमा पारेको छ ।

पाँच दलीय गठबन्धनसहित सरकारको नेतृत्व गरेका देउवालाई विश्वासको मत दिएका दलहरुको चित्त बुझाउँदै जानुपर्ने चुनौति एकातिर छ भने, पार्टीभित्रका दुई समुहको व्यवस्थापन गर्नुपर्ने दबाब अर्काेतिर छ ।जसकै कारण झण्डै एकमहिना मात्र समय बाँकी रहेको १४ औं महाधिवेशन तोकिएकै कार्यतालिका अनुसार सम्पन्न हुनेमा पार्टीभित्रकै नेताहरुको आशंका बाहिरीन थालेको छ ।

१४ औं महाधिवेशनमा पुनः सभापतिको आंकक्षी बनेका सभापति देउवाकै नेतृत्वमा सरकार बनेपछि पार्टी नेतृत्वको ध्यान सरकार विस्तार र मन्त्रिमण्डल बाँडफाँडमा केन्द्रीत बनेको छ भने नेताहरु मन्त्री बन्ने दौडधुपमा छन् । बढीमा आठ मन्त्रालयको साँचो कांग्रेसको हातमा पर्ने सम्भावना रहेका बेला संस्थापनसहित पौडेल र सिटौला पक्ष पनि सरकारमा भागबण्डा खोजिरहेका छन् ।देउवाले आफ्नो पक्षबाट बालकृष्ण खाँडलाई गृहको र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्रालयको साँचो बुझाएका छन् ।

उपप्रधानसहित सरकारमा हिस्सा खोजिरहेको पौडेल पक्षबाट प्रकाशमान सिंहदेखि सुजाता कोइराला, डा. शशांक कोइराला र मीनेन्द्र रिजालले इच्छा देखाएका छन् । सिटौला पक्षबाट भने उमाकान्त चौधरी र गगन थापाको नाम चर्चामा छ । यता भदौभित्र महाधिवेशन नगरे संवैधानिक संकट ब्यहोर्नुपर्ने अवस्था कांग्रेसमा चुनौति बनेको छ ।तर नेताहरु अबको दुईसम्म कांग्रेसको महाधिवेशन गर्न सम्भव नभएको भन्दै विकल्पबारे छलफल गर्नुपर्ने बताउँछन् । कार्यतालिका अनुसार वडातहको अधिवेशन १२ गते गर्नुपर्नेछ । तर अधिवेशन आउन मात्र ५ दिन बाँकी रहँदा क्रियाशिल सदस्यतालगायतको विवाद टुङगीएको छैन । क्रियाशिल सदस्यताकै विवादलाई लिएर पार्टी कार्यालय सानेपामा कार्यकर्ताले धर्ना दिईरहेका छन् । पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव त क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै अनशन बसेका छन् ।

उनीसहित प्रदेश २ का नेताकार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएपछि सभापति देउवाका कामकारबाही प्रभावित बनेका थिए । तर देउवा प्रधानमन्त्री नै बनेपछि भने पार्टी कार्यालय जाने फुर्सदसम्म पाएका छैनन् ।यसले तोकिएकै समय अघि विवाद समाधान गरेरकांग्रेसले महाधिवेशन सम्पन्न गर्न सक्ला भनेर पत्याउने अवस्था कम हुँदै गएको छ ।