राजनीति

सरकारले सांकेतिक आन्दोलन नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने महासंघको चेतावनी


काठमाडौँ – सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको छ । काठमाडौंमा बिहीवार सार्वजनिक यातायात र ट्याक्सीहरु सडकमा तेस्र्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो । महासंघले कोभिड खोप उपलब्ध गराउने, यातायतको भाडा एवं ट्याक्सीको शुरुवाती कल समयोजन गर्न, मौद्रीक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्न, यातयातको बीमा छुट गर्न र सडक कानून लागू गर्ने लगायतका माग गर्दै सांकेतिक प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले महासंघको सांकेतिक आन्दोलनलाई सरकारले नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने बताउनुभयो । उहाँले सांकेतिक आन्दोलन नसम्झिए सडकमै सवारीसाधन छोडेर हिँड्नुपर्ने दिन नआओस् भन्दै सरकारलाई चेतावनी समेत दिनुभएको छ ।

वैज्ञानिक किसिमले सवारी साधनको आयु तय गर्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले आफ्ना सबै माग यथाशीघ्र सरकारले सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।