राजनीति

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट छुटेर जानेहरु पतनको बाटोमा रहेको टिप्पणी गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले माओवादी केन्द्र र वरिष्ठ नेता माधवकुमार नेपाल पतनको बाटोमा हिडेको बताउनुभयो ।

ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभयो । एमालेको वर्तमान अवस्था पुष्पलालको दिग्दर्शन र मदन भण्डारीको विचारबाट बनेको उहाँको भनाइ छ । वर्तमान अवस्थामा पनि एमाले देशको प्रमुख पार्टी भएको बताउँदै ओलीले गलत कृत्यविरुद्ध संघर्ष जारी रहेको बताउनुभयो ।