राजनीति

भोलि होइन, आजै जित्दैछौँ, हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन : ओली


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीबीच पनि आफूहरुकै जित हुने दाबी गरेका छन् ।

ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै अदालतदेखि संसदसम्म पनि भएको घेराबन्दी चिर्दै आफूहरु नै विजयी हुने ओलीले बताएका हुन् ।

केही समय हारेको जस्तो देखिए पनि छिट्टै जित्ने पनि ओलीले बताए । ‘हामी जित्दै छौँ, भोलि होइन, हामी आजै जित्छौँ’, उनले भने, ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन ।’