राजनीति

निजामती सेवा ऐन अगाडी बढाउन सरकार समक्ष आग्रह


काठमाडौँ – राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडी बढाउन सरकार समक्ष आग्रह गर्नुभएको छ । विहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडी बढाउनको निम्ति सरकार समक्ष आग्रह गर्नुभएको हो ।

राष्ट्रिय सभा सदस्य उदया शर्मा पौडेलले कोभिड र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिलाई कारण देखाएर विद्यार्थी, अपांग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य पौडेलले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएका कारण चिन्ता थपिएको पनि बताउनुभयो ।