राजनीति

सुरेन्द्र पाण्डे भन्छन् : माधव नेपाल सरकारमा गए एमाले फुट्छ (भिडियोसहित)

एक साताभित्र विवाद छिनोफानो हुन्छ


काठमाडौँ – एमालेका दुबै पक्षले छुट्टाछुट्टै बैठक बसेर एकअर्काविरुद्ध निर्णय गरेका छन् । ओली पक्षले माधव पक्षका २२ सांसदलाई स्पष्टिकरण सोधेको छ भने माधव पक्षले स्पष्टिकरण र नाराबाजी रोकेर एकतामा आउन ध्यानाकर्षण गराएको छ । जसलाई विवाद लम्ब्याउने अर्थका रुपमा मात्रै बुझिएको छ ।

पार्टीभित्र हस्तक्षेप गर्नुपर्ने अवस्था आएपनि दोस्रो पुस्ताका नेताहरु जोखिम मोल्न तयार छैनन । त्यसलै शीर्ष नेताहरु नै राजनीतिका नाममा प्रहसन चलाइरहेका छन् ।

यता ओलीले माधव पक्षका २२ सांसदलाई पठाएको स्पष्टिकरणमा ओलीले देउवालाई विश्वासको मत दिएको नभईपार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको लगायतका बिषय समावेश छ । प्रस्तुत छ, नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेसँग योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारीले गरिएको कुराकानी :

जसलाई पाँच मन्त्रालयसहित देउवा सरकारमा जान तयार गृहकार्य गरिरहेको माधव पक्षले पार्टी एकतामा भाँजो हाल्ने अर्थका रुपमा लिएको छ । १० बुँदे सहमति भएको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्ने काम गलत भएको निष्कर्ष बुधबार बानेश्वरमा बसेको माधव पक्षको बैठकले निकालेको छ ।