समाचार

भरतपुरमा एक युवकको शंकास्पद शव फेला


काठमााडौँ – चितवनमा एक पुरुषको शंकास्पद शव फेला परेको छ । भरतपुरमा गोली हानी एक जनाको हत्या भएको छ । भरतपुर महानगरपालिका वडा नं.१७ स्थित बनगाई डेरी चोक नजिकै पुलमा गोली हानिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।


मृतकको परिचय भने खुल्न सकेको छैन । डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटोको बीचमा रहेको घोल ९पुल० मा अन्दाजी ३० वर्षका युवक मृत अवस्थामा भेटिएको हो । घटनास्थल नजिकै एक थान गोलीको खोका पनि भेटिएको छ ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ ।