राजनीति

माओवादीबाट यी हुन् सम्भावित मन्त्री


काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट सरकारमा थप ४ जना मन्त्री थपिने भएका छन् । यसअघि दुई जना मन्त्री पठाएको माओवादी केन्द्रले थप ४ जना पठाउने तयारी गरेको हो ।

स्रोतका अनुसार हरिबोल गजुरेल, मातृका यादव, देवेन्द्र पौडेल र अञ्जना विसंखेको नाम लगभग टुंगो लागेको छ । वरिष्ठताका आधारमा गजुरेल, मधेसबाट यादव, वरिष्ठमा पौडेल र दलित महिलाबाट विशंखे मन्त्री बन्ने सम्भावना रहेको छ । जनार्दन शर्मा र पम्फा भुसाल यसअघि नै मन्त्री बनिसकेका छन्।

प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार बैठकले गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा बैठकले जोड दिएको छ ।

त्यस्तै माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने भएको छ ।