राजनीति

भीम रावललाई भेट्न टोखा पुगे माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार बसेको आफू पक्षीय स्थायी कमिटी बैठकमा उपस्थित नभएका रावललाई भेट्न नेता नेपाल उनकै निवास पुगेका हुन् ।

गत आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिनुअघि नै असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा घोषणा गरेयता नेता रावल माधव पक्षीय बैठकमा सहभागी भएका छैनन् । उनी एमाले एकता बचाउन जेठ मा गठित कार्यदलमा माधव पक्षबाट संयोजक थिए ।

रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा समेत गरेका छन् । रावल निवास टोखामा पुगेर नेपालले राजीनामाका सम्वन्धमा अझै पनि पुनर्विचार गर्न मिल्ने सुझाव दिएका छन् ।