राजनीति

माओवादी केन्द्रले बोलायो साउन २० का लागि केन्द्रीय कमिटी बैठक


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक साउन २० गते बस्ने भएको छ । बुधवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।

साउन २० गते बिहान ११ बजेदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न साउन १७ मा स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै उहाँले सरकारलाई पूर्णता दिनेबारे गठबन्धनका दलहरूसँग छलफल गरेर टुंगो लगाइने बताउनुभयो ।