राजनीति

ओलीलाई माधव पक्षको आग्रह : एकता प्रक्रिया अघि बढाउनुस्, नाराबाजी रोक्नुस्


काठमाडौँ – एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिएको छ ।

आज काठमाडौँको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पस्टीकरण सोध्ने र नेताहरुको पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्ने प्रस्ताव पास गरेको छ ।

अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पस्टीकरणको अर्थ नभएको नेता पन्तले जानकारी दिनुभयो । ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पस्टीकरण सोधेको थियो । सो समूहको केन्द्रीय कमिटी बैठक जारी छ ।