विदेश

नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका सय जना अपहरण मुक्त


काठमाडौँ – अफ्रिकी देश नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका एक सय जना अपहरण मुक्त भएका छन् । गएको जुन ८ मा नाइजेरियाको जामफरा प्रान्तबाट अपहरणमा परेका स्वास्थ्यकर्मी महिला र बालबालिका अपहरणमुक्त भएका हुन् । अपहरणमुक्त गर्ने क्रममा विद्रोहीसँग झडप भएको र त्यस क्रममा चार जना मारिएका त्यहाँको सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

नाइजेरियामा विद्रेही समूहले पटक पटक महिला तथा बालबालिकाको अपहरण गर्दै आएको छ । सन् २०२० मा मात्रै १ हजार भन्दा धेरै विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीहरु अपहरणमा परेका थिए ।