राजनीति

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण


काठमाडौँ — पार्टी निर्णय अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने भएको छ । केन्द्रीय कमिटीको सोमबारको दसौं बैठकले स्पष्टीकरण सोध्ने निर्णय लिएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको पुष्टि बताउनुभएको छ ।

तामाङका अनुसार ईमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको बताउनुभयो । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए । पार्टी अनुशासन उलंघन गरेको निचोडसहित सबै २२ सांसदलाई स्पष्टीकरण सोधिएको तामाङले जानकारी दिनुभयो ।