राजनीति

नेपाल समूहको स्थायी कमिटी बैठक जारी


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बसिरहेको छ ।

नेता नेपालले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मत दिएका सांसदहरुसँग छलफल गरेका थिए । स्थायी कमिटीमा समसामयिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

उता, एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो ।