राजनीति

माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारमा जाने मन्त्रीको पनि टुंगो लागाउने तयारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य वर्षमान पुनले बताएका छन् । साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुने छ । आईतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे पनि छलफल हुने छ।

यसअघि नै माओवादीका तर्फबाट दुई जना नेता मन्त्री बनेका छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्री थपेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।