राजनीति

एमाले केन्द्रीय कमिटीको बैठकले आज पनि निरन्तरता पाउँदै


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । एमालेको दुई दिनअघिदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको बैठकलाई आज पनि निरन्तरता दिई दिउँसो ३ बजे बस्न लागेको हो ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको थियो । त्यस्तै, सोमबार बसेको बैठकले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि उनीहरुलाई अहिलेसम्म स्पष्टीकरणका लागि पत्र पठाइएको छैन । देउवालाई विश्वासको मत दिएका सांसदहरुले आफूलाई स्पष्टीकरणको पत्र नआएको बताइसकेका छन् ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले आफूहरुको विभिन्न प्रदेशमा कस्तो अवस्था रहेको छ भन्नेबारे समीक्षा गरेका थिए ।