काठमाडौँ – मुस्लिम समुदायले आज बकर इद मनाउँदै छन् । बकर इद रमजान (इदुलफित्र) पछि मुस्लिम समुदायको दोस्रो ठूलो चाड हो ।
बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । बकर इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ । भण्डारीले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको बताउनुभएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ चार्ड मनाउन राष्ट्रपति भण्डारीले आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया