राजनीति

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९ औँ स्मृति दिवस आज


काठमाडौँ – प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका वीपीको वि.सं २०३९ साउन ६ गते निधन भएको थियो ।


विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा वीपी पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी विसं २०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । कांग्रेस अहिले पनि वीपीकै मार्गनिर्देश अनुसार अघि बढिरहेको कांग्रेस नेताहरू बताउँछन् । वीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गर्नुभएको थियो ।