राजनीति

जसपा संसदीय दलको विधान पारित, मन्त्रीको नाम टुङ्ग्याउन गृहकार्य जारी


काठमाडौँ – जनता समाजवादी पार्टीे संसदीय दलको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका दुई दर्जन सांसदहरूको उपस्थिति रहेको थियो ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउनेछ । यसअघि महन्थ ठाकुर पक्षले बहुमत दावी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । पछिल्लो समयमा ६ जना सांसदले ठाकुरको साथ छाडेपछि अहिले यादव पक्ष बहुमतमा छ ।