राजनीति

सत्ता गठबन्धनका लागि प्रचण्डको दौडधुप


काठमाडौँ – सत्ता गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप सुरु गरेका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्डले सत्ता गठबन्धनका लागि दौडधुप गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँगको भेटसँगै प्रचण्डले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल सुरु गरेका हुन् । देउवासँगको भेटमा प्रचण्डले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका छन् ।

देउवाको भेटमा गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

देउवासँगको भेटअघि प्रचण्डले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।