राजनीति

नेकपा एमाले माधव समूहको बैठक बस्ने



काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदको भेला नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिए। भेलामा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए।