राजनीति

एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच बालकोटमा छलफल


नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ ।

ओलीसँगको भेटवार्ताका लागि नेकपा विप्लव बालकोट पुगेका थिए । विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पनि ओलीसँगको भेटमा सहभागी हुनुभएको थियो । केही दिनयता विप्लवले राजनीतिक भेटवार्तालाई तिब्र पार्नुभएको छ ।

यसअघि, विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटवार्ता गरिसक्नुभएको छ ।