राजनीति

अमेरिका, बेलायत र युरोपियन युनियनले लगाए चीनमाथि साइबर आक्रमणको आरोप


काठमाडौँ –अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । सन् २०२१ को सुरुमा भएको साइबर आक्रमणमा चीनको संलग्नता रहेको आरोप उनीहरुले लगाएका हुन् । माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा भएको साइबर आक्रमणका कारण विश्वभरका कम्तीमा ३० हजार संस्थाहरु प्रभावित भएका थिए ।

जासुसीका लागि चीनले साइबर आक्रमणको सहायता लिएको आरोप पश्चिमा सुरक्षा सेवाको छ । चीनको मिनिस्ट्री अफ स्टेट सेक्यूरिटीमाथि बिस्तारित रुपमा जासुसी गरेको आरोप लाग्दै आएको छ । चीनले यसअघि नै साइबर आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको थियो । चीनले आफू कुनै पनि प्रकारको साइबर अपराधको विपक्षमा रहेको बताउने गरेको छ ।