राजनीति

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्ड र यादवद्धारा छुट्टाछुट्टै भेटवार्ता


काठमाडौँ –एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसाप अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

नेपालनिवास कोटेश्वरमा पुगेर प्रचण्ड र यादवले भेटवार्ता गर्नुभएको हो । आज बिहान सुरुमा प्रचण्डले भेट्नुभएको थियो भने लगत्तै यादव नेपालनिवास पुग्नुभएको थियो । भेटको विषय आधिकारिक रुपमा खुलाइएको छैन ।

समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।