राजनीति

प्रधानमन्त्री पत्नी राणाले सरकारी निवास बालुवाटारमा रोपिन तुलसी



काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री आरजु राणाले सरकारी निवास बालुवाटारमा तुलसी रोप्नुभएकोे छ ।

हरिशयनी एकादशीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा तुलसी रोपेको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

राणाले हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिएको बताउनुभयो । देउवा केही दिन अघि मात्र बालुवाटार निवासमा सर्नुभएको हो ।