राजनीति

१७ महिना कार्यकाल सुनिश्चित गरेका प्रधानमन्त्री देउवालाई जनताको मन जित्ने अवसर (भिडियोसहित)


काठमाडौँ – विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् । यद्दपी पाचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले यसअघि पनि सम्झन लायकका काम गरेको भने देखिदैन् । राजनीतिक खितातानि र कोरोना महामारीबाट आक्रान्त बनेका जनताको मन अब देउवाले कसरी जित्न सक्लान त ?

कांग्रेस सभापति शेरबहादुर देउवाले असार ३० गते पाचौं पटक मुलुकको प्रधानमन्त्रीका रुपमा सपथ लिए । केपी ओली सरकारको बढाएको बेथितिबाट दिक्क बनेका राजनीतिज्ञहरुले आइतबार देउवालाई सहजै विश्वासको मत दिए । त्यसोत यसभन्दा पहिले चार पटक प्रधानमन्त्री बनिसकेका देउवाबाट कुनै पनि सम्झन लायकको काम भएको देखिदैनन् । जुन कुरा स्वयंम जनताले मुल्याङकन गरिरहेका छन् । अब पनि के आशा गर्ने र भन्ने जनताका गुनासोका चाङ छन् । अहिले कोरोना महामारीका कारण देशको अर्थतन्त्र डामाडोल छ ।

नागरिकको दैनीकी औसतभन्दा माथि उठ्न सकेको छैन् । हरेक क्षेत्र प्रभावित बनेको छ । यो अवस्थामा ४ पटक प्रधानमन्त्री बनेर पनि जनताको आलोचना मात्रै खेपेका देउवाबाट कुनै परिवर्तनको आश गर्न नसकिने जनता बताउँछन् । तर ओलीको चरम वेथितिबाट वाक्क मानेका जनताको मन जित्न देउवालाई अवसर पनि भएको आँकलन गर्न सकिन्छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खोपको विषयलाई आलोचना गर्ने देउवाले विश्वासको मत पाएलगत्तै यतिबेला भने कोरोना खोपलाई पहिलो प्राथमिकतामा भने राखेका छन् ।

वर्तमान परिपेक्षमा देउवासामु अनेकन चुनौति खडा छन् । देशमा भष्टाचारले जरा गाडेको देखि लिएर केपी ओलीले बढाएका बेथितिलाई पनि परास्त गर्नु पर्ने देउवामा चुनौति छ । देउवाले कोरोना नियन्त्रण मात्र हैन यो भन्दा डरलाग्दो रुपमा फैलिएको भष्टाचारलाई नियन्त्रण गर्न सके सरकारप्रति जनताको आशा जाग्ने कांग्रेस नेता बताउँछन् ।

आफ्नो राजनीतिक जीवनमा आलोचकबाट ’प्रजातन्त्र दरबारलाई बुझाएको’ भन्ने आरोप खेपेका देउवालाई यसअघिका सम्पूर्ण दाग मेट्ने अवसर प्राप्त भएको छ । राम्रो टिम बनाएर ओली सरकारले गरेका गल्तीबाट पाठ सिक्दै गठबन्धनका नेताहरुसँग सहकार्य गर्दै अघि बढेमा देउवाबाट देश र जनताको पक्षमा थुप्रै काम हुनसक्ने गठबन्धनका नेताहरु बताउछन् ।