देश

मनाङ र मेलम्चीलाई ‘विपत् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय


काठमाडौँ – सरकारले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढीले प्रभावित पारेका क्षेत्रहरुलाई ुविपत् संकटग्रस्त क्षेत्रु घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढीले प्रभावित क्षेत्रलाई ‘विपत् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले विपत् जोखिम न्युनिकरण एवं व्यवस्थापन ऐन २०७८ अन्तर्गत असोज मसान्तसम्म लागू हुने गरी मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । असार १ गते गएको वाढीले सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी लगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो ।

मेलम्चीको बाढीले केही पक्की पुलहरु समेत बगाएको थियो । मेलम्ची वजार, तिम्वु, चनौटे, तारामाराङ र ग्याल्थुम लगायतका क्षेत्र वाढीले प्रभावित भएका थिए । यस्तै, असार १ गते नै आएको बाढीले मनाङको चामे, नासों गाउँपालिकामा क्षति पुर्‍याएको थियो ।