राजनीति

देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरे : ईश्वर पोखरेल


काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको बताउनुभएको छ ।

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रिय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो ।

महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा जोड दिनु भयो ।