राजनीति

अनुशासन नमानेको भन्दै एमालेका २२ सांसदलाई कारवाहीको माग


काठमाडौँ – नेकपा एमालेका २२ सांसदले पार्टीको अनुशासन विपरीत कार्य गरेको भन्दै ती सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । आईतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई आज बसेको केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने प्रस्ताव पेश गरेको हो ।

अहिले जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको अनुशासन नमान्ने २२ सांसदलाई आजै कारबाही गर्नुपर्ने माग केन्द्रीय सदस्यहरुले राखेका थिए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारवाहीभन्दा पहिले स्पष्टीकरण सोध्ने प्रावधान पनि रहेकोले स्पष्टीकरण सोधेरमात्र उचित कदम चाल्ने बताएका थिए ।

देउवाले हिजो दोस्रो पटकको पुनस्र्थापित प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा एमालेका २२ सांसदले पक्षमा मतदान गरेका थिए ।