राजनीति

माधव नेपालको तुलना विषवृक्षसँग


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको विषवृक्षसँग तुलना भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा बोल्दै विषवृक्षसँग तुलना गरेको हो ।

आईतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्दै नेता नेपाललाई सम्मान नगरिएको भनेपछि त्यसको प्रत्युत्तरमा जारी बैठकमा ओलीले विषवृक्षलाई सम्मान गर्नु पर्ने भन्दै आक्रोश पोखेका थिए । उनले भने “हाम्रो पार्टीका नेतालाई सम्मान भएन भनेर भनियो । विषवृक्षलाई अझै सम्मान ?”