राजनीति

महामन्त्री कोइरालाको निवासमा पौडेल पक्षको बैठक


काठमाडौँ –कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महामन्त्री डा.शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बस्न लागेको छ । क्रियाशील सदस्यताको विवादलाई लिएर पौडेल पक्षका शीर्ष नेताको बैठक बस्न लागेको हो।

असार मसान्तसम्मको समय सीमा पाएको क्रियाशील सदस्यता छानविन समितिले आफ्नो कार्य सकेको छैन। पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता छानविनमा पार्टी विधान र निर्देशिका लागु नगरेको संस्थापनइतरको आरोप छ।

केन्द्रीय समितिले बनाएको मापदण्डलाई संस्थापन पक्षले कुल्चेको पौडेल पक्षको आरोप छ। क्रियाशील सदस्यता विवादकै कारण धनुषा र बाराका कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्नामा छन्।