देश

दुईसातापछि सुजिताको परिवाले बुझे शव


काठमाडौँ – सुजिता भण्डारीको आफन्तले दुई सातापछि आज बिहान शुव बुझेका छन् । काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालको शवगृहबाट आज बिहान सुजिताका बुवा र आफन्तले शव बुझेका हुन् । यसअघि हत्यारा सार्वजनिक नभएसम्म शव नबुझ्ने भनिए पनि प्रहरीको अनुरोधमा परिवार भण्डारीको शव बुझेको हो ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदै छु भनेर म्यासेज गरी घरबाट निस्केकी सुजिता असार २० गते घर नजिकैकौ चितवनको सामुदायिक जंगलमा मृत भेटिएकी थिइन् । घरबाट निस्केको करिब ६ घण्टापछि उनले आफू अपहरणमा परेको भन्दै दिदिसँग मोबाइलमा कुराकानी गरेकी थिइन् ।

बेपत्ता सुजिताको शव फेला परेपछि हत्या भएको आशंका गरिएको थियो । पोष्टमाटर्मको प्रारम्भिक रिपोर्टमा कुनै तथ्य फेला नपरेपछि भिसेरा परीक्षण थालिएको थियो । तर, भिसेरा परीक्षणको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

स्थानीय स्रोतका अनुसार उनको आजै देवघाटमा दाहसंस्कार गरिनेछ । सुजिताको शव अहिले चितवन लगिँदै छ। प्रहरीले घटनाको तथ्यबारे केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।