राजनीति

निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित : वरिष्ठ नेता नेपाल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालले नेपाली जनताको जित भएको बताउनुभएको हो ।

पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको नेपालले बताउनुभयो । प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजेपति विफल पारिदिएको उहाँको भनाइछ ।