राजनीति

प्रधानमन्त्री देउवालाई विश्वासको मत, ठाकुर र ओली पक्षका केही सांसद पनि पक्षमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभएको छ । प्रतिनिधि सभाबाट देउवाले पक्षमा १६५ मत पाउनुभएको छ । विपक्षमा ८३ मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । मतदान प्रक्रियामा २४९ सांसदले भाग लिएका थिए । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो ।

देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । एमाले अध्यक्ष केपी ओली सरकारमा वनमन्त्री रहेका प्रेम आलेसहित ओली निकट केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका छन् । सर्वोच्चले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने व्याख्या गरेको थियो ।