राजनीति

ओली पक्षीय सांसद प्रेम आलेले गरे फ्लोर क्रस


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । प्रतिनिधिसभा जारी मत विभाजनका क्रममा नेता नेपाल र ओली पक्षका सांसद आलेसहितले देउवालाई विश्वासको मत दिएका हुन् ।

ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको एक सांसदले जानकारी दिनुभयो ।

सांसद आले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा वन मन्त्री थिए । उनले केही दिनअघि बूढानीलकण्ठ पुगेर मन्त्री पद माग्दै आफूहरुले विश्वासको मत दिने बताएका थिए ।