राजनीति

राप्रपा विश्वासको मतमा तटस्थ बस्ने


काठमाडौँ – राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् ।

विगतमा दुई तिहाईको सरकार समेत असफल भएको उदाहरण दिदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिनुभयो । प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि लिङदेनले सुझाव दिनुभयो ।