राजनीति

ठाकुरले ओलीलाई धन्यवाद दिँदै भने – देउवालाई विश्वासको मत दिन्छौं (भिडियोसहित)


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनु भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ठाकुरले देउवा सरकारलाई विश्वासको मत दिने बताउनु भएको हो ।

ठाकुरले भने, ‘प्रधानमन्त्री देउवालाई हार्दिक बधाइ दिन चाहन्छु र मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नु भएको छ, त्यसको समर्थनमा मत दिन्छौं ।’