राजनीति

बहुमतको दम्भले ओलीलाई खरानी बनायो, कांग्रेस जितमा उफ्रने र हारमा रुने गर्दैन : मिनेन्द्र (भिडियोसहित)


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले मिलेमतोमा मिचिएको संविधानको धारालाई सर्वोच्च अदालतले सच्याएर संवैधानिक सर्वोच्चता स्थपित गराएको दाबी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सांसद रिजालले सत्ताभन्दा बहिर भए पनि अहंकार नदेखाउन एमाले नेताहरुलाई आग्रह गरे ।

‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका वक्ता (प्रदीप ज्ञवाली) ले अनुभव सुनाउनु भयो । तर यस्तो अनुभव त हामीसँग थिएनु, उनले भने, ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम त पहिलो पटक भएको हो ।’