राजनीति

माओवादी छाडेका एमाले नेता र विप्लवबीच भेटवार्ता


काठमाडौँ – नेकपा विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेमा प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएकोे छ । विप्लव र टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहबीच भेट भएको हो ।

उनीहरुबीच ललितपुरको धापाखेलस्थित लेखराज भट्टको निवासमा करिब ३ घण्टा छलफल भएको थियो । भेटमा कम्युनिस्ट आन्दोलन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको एक नेताले जानकारी दिएका छन् ।