राजनीति

जसपाको विवाद हेर्दाहेर्दैमा, सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने


काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादबारे निर्वाचन आयोगको इजलासको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । आइतबार बिहान ११ बजेदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलियाको नेतृत्वमा सुरु भएको इजलास सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा सकिएको हो ।

जवाफ प्रस्तुत गर्ने क्रममा बेन्चबाट अवरोध भएको र सक्कली कागजात झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने जसपाका नेता केशव झाले बताउनुभयो । इजलासमा निवेदक पक्षको कानुन व्यवसायी र जवाफ प्रस्तुतकर्ता पक्षले २ घण्टासम्म आ–आफ्ना तर्क राखेका थिए ।

यस विषयमा निर्वाचन आयोगको इजलासले सक्कली कागजात झिकाएर दुवै पक्षलाई खबर गरेपछि मात्रै पुनः बहस शुरु हुने र निष्कर्षमा पुग्ने नेता झाको भनाइ छ । जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले आधिकारीकता दाबी गरेका छन् ।