देश

चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु


काठमाडौँ – एक सिंगे गैंडाको आक्रमणबाट चितवनमा एक वृद्धको ज्यान गएको छ । रत्ननगर–११ स्थित पन्चकन्या सामुदायिक वनमा न्युरो टिप्न गएका ७५ वर्षीय रोहिका कुमालको गैंडाको आक्रमणबाट ज्यान गएको हो । उनी सो वन नजिकै सितल टोलका हुन् ।

आक्रमणमा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो ।