राजनीति

जसपाका १९ सांसदले देउवालाई संसदमा विश्वासको मत दिने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने भएका छन् । जसपा संसदीय दलको बैठकले १९ जना सांसदले प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतको प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको हो ।

आइतबार जसपाका जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।