राजनीति

भीम रावलले सांसद पदबाट दिए राजीनामा


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताउनुभयो ।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनामा दर्ता गर्न आएको छु’, रावलले भन्नुभयो, ‘म राजीनामा दिन्छु।’